Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साहित्य सन्ध्या सम्मान र पुरस्कार प्रदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार | (रासस)

काठमाडौँ, ६ भदौ : साहित्य सन्ध्याले पाँच स्रष्टा एवं अभियानकर्मीलाई वर्ष २०८२ को पुरस्कार तथा सम्मान आज प्रदान गरेको छ ।

काठमाडौँमा आयोजित कार्यक्रममा साहित्यकार एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वमन्त्री एवं साहित्यकार शान्ता मानवी, सन्ध्याका अध्यक्ष राम विनयसहितले ती सम्मान र पुरस्कार प्रदान गर्नुभएको हो ।

सो क्रममा दाङकी साहित्यकार डा बिन्दु शर्माले रु २१ हजार १०० राशिको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान र ओखलढुङ्गाका साहित्यकार ओमप्रसाद कोइरालाले रु पाँच हजार राशिको साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान प्राप्त गर्नुभयो । यस्तै सामाजिक रुपान्तरण अभियानकी अभियन्ता तथा जनप्रतिनिधि सान्नानी मिजारलाई रु १० हजार राशिको साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान प्रदान गरियो ।

त्यसैगरी, नुवाकोट स्थायी घर भई हाल भीमसेनगोला माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत जेहेनदार विद्यार्थी लक्ष्मी तामाङलाई रु १० हजार राशिको साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र–बालकुमारी सत्याल) पुरस्कार तथा सम्मान प्रदान गरियो ।

सोलुखुम्बु स्थायी ठेगाना भई हाल काठमाडौँ निवासी नियात्राका गणेशप्रसाद खतिवडालाई रु १० हजार राशिको साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान अर्पण गरियो । पुरस्कार छनोटका लागि प्रा केशव सुवेदीका संयोजत्वमा समिति गठन गरिएको संस्थाका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिनुभयो ।

विसं २०३९ मा स्थापित साहित्य सन्ध्याले हरेक महिनाको पहिलो शनिबार कविगोष्ठी तथा वैचारिक परिचर्चा कार्यक्रम सञ्चालन गर्दै आएको छ भने स्रष्टाहरूलाई सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan