अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
काठमाडौं, ६ भदौ काठमाडौं , काठमाडौं महानगरपालिका-६ कपन तेन्जिङचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बालाजु बस्ने धनुषा हंसपुर नगरपालिका-५ घर भएका ३७ वर्षीय बिनय कुमार मण्डल, काठमाडौं बौद्ध बस्ने शंखरापुर नगरपालिका-२ घर भएका ३८ वर्षीय मनिष शाही र काठमाडौं रामहिटी बस्ने झापा घर भएका ३८ वर्षीय प्रदिप कुमार राई रहेका छन् ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका-७ बस्ने ३१ वर्षीय बिबेक राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कानेपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-८ सुनौलो बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय बिबेक लिम्बुलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, झापा गाउँपालिका-४ चर्तागाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय १० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-९ बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ पुरानो भद्रपुर रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित भद्रपुर नगरपालिका-५ बस्ने २३ वर्षीय अर्जुन राजवंशीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बा स्कुलटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ मिलिग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-६ शिवगंज बस्ने २८वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डी रहेका छन् ।
इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषा, शहिदनगर नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्राम ५ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सबैला नगरपालिका-१० मिसारपटि बस्ने १९ वर्षीय राजन यादव र हंसपुर नगरपालिका-९ बस्ने २६ वर्षीय बब्लु पासवान भन्ने राम बालक पासवान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, पोखरिया नगरपालिका-५ सत बरिया बस्ने ६५ वर्षीय रामदयाल महरालाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ सय ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ४० मिलिग्राम सहित दोधारा चाँदनी नगरपालिका-१ पशुपति टोल बस्ने २४ वर्षीय जनक खड्कालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्चिम, पाल्हीनन्दन गाउँपालिका-५ चमनटोलाबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ट्याब्लेट, डाइजेपाम २१ एम्पुल, फेनारगन २२ एम्पुल र बुप्रेनोर्फिन २२ एम्पुल सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनवल नगरपालिका-१ प्रगतिटोल बस्ने २८ वर्षीय सुनिल विक र ३१ वर्षीय दिपेश विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम समेतबाट खटिएको प्रहरीले लु.१९ प ४४२४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, डुडुवा गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित सोही गाउँपालिका-३ बस्ने २४ वर्षीय ओसिस खाँलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बेतहनिबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
