आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार |
मोरङ, ६ भदौ धनपालथान गाउँपालिका-७ कदमाहा बस्ने शंकर मण्डलको घरमा विद्युत सर्ट भई शुक्रबार बेलुकी आगलागी हुँदा करिब ३ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
