Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार | (रासस)

सुनसरी, ६ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सुनसरी खोला तटबन्ध क्षेत्रको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले बाढी नियन्त्रण, नदी व्यवस्थापन र सिँचाइ विकासका कामलाई एकीकृत रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

निरीक्षणपछि स्थानीयवासी तथा जनप्रतिनिधिसँग भएको छलफलमा उहाँले सुनसरी खोलाबाट हुने बाढीको जोखिम न्यूनीकरणसँगै सिँचाइ विस्तारका लागि तत्काल गर्न सकिने काम पहिचान गरी कार्यान्वयनमा लैजान जलस्रोत तथा सिँचाइ विभागलाई निर्देशन दिनुभएको छ ।

मन्त्री श्रेष्ठले भोक्राहा नरसिंहको सबस्टेशनसमेत बाढीको उच्च जोखिममा रहेकाले उपलब्ध स्रोत साधनको प्रयोग गरी तत्काल क्षति न्यूनीकरणका उपाय अवलम्बन गर्न र आवश्यक पूर्वतयारी गर्नुपर्ने बताउनुभयो । उहाँले तत्काल जोखिम न्यूनीकरणका प्रयाससँगै दीर्घकालीन नदी व्यवस्थापन योजनालाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

निरीक्षणका क्रममा उहाँले पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति, प्रसारण लाइन तथा अन्य विद्युत् पूर्वाधारको अवस्थाबारे समेत जानकारी लिनुभयो । विद्युत् क्षेत्रमा देखिएका समस्यालाई प्राथमिकताका आधारमा क्रमशः समाधान गर्दै आवश्यक रणनीति निर्माण गर्नुका साथै नीतिगत सुधार आवश्यक देखिए त्यसतर्फ समेत काम गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निरीक्षण तथा छलफल कार्यक्रममा सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य दीपककुमार साह, प्रतिनिधिसभा सदस्य सिर्जना श्रेष्ठ, मोरङ–६ का सांसद रुबिना आचार्य, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा महेश्वर श्रेष्ठलगायत जनप्रतिनिधिको उपस्थिति थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan