Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नाइजेरियामा जिहादीहरूद्वारा दर्जनौँको हत्या

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार | (रासस/एएफपी)

मध्य नाइजेरियाको नाइजर राज्यमा  प्रार्थनाको क्रममा भएको आक्रमणमा जिहादीहरूले धेरै मानिसहरूलाई अपहरण गरी हत्या गरेको सांसदहरूलाई उद्धृत गर्दै शनिबार एएफपीले बताएको छ ।

अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश नाइजेरियाको जिहादी समूह १७ वर्षदेखि विद्रोहीसँग लडिरहेको छ । उक्त समुहले त्यस्ता अपहरणहरूलाई एक प्रमुख रणनीति बनाएको छ, जसमा सन् २०१४ मा चिबोक सहरमा सयौँ स्कुलका छात्रा अपहरण गरिएको थियो ।

विद्रोही समूहको गतिविधि उत्तरपूर्वी क्षेत्रमा केन्द्रित छ, यद्यपि शुक्रबारको आक्रमण देशको पश्चिममा भएको थियो । यो यस्तो क्षेत्र हो जहाँ द्वन्द्वले समुदाय विभाजित भएपछि साहेलबाट सशस्त्र समूह र उग्रवादीहरूको गतिविधि बढेको छ । शुक्रबारको प्रार्थना समाप्त भएको लगत्तै लाकुवाराको सशस्त्र समूहले बन्दुक, चक्कु र अन्य धारिला हतियार लिएर  आक्रमण गर्न थालेको बोर्गू क्षेत्रको डिकेरा गाउँमा भएको आक्रमणमा बाँचेका जिब्रिल अहमदले बताउनुभएको छ । 

 आक्रमणले नजिकैको बिन्जी गाउँ पनि प्रभावित भएको अहमद र सङ्घीय प्रतिनिधि जाफरु मोहम्मदले बताउनुभयो  । 

लकुरावा यस्तो प्रतिनिधि समूह हा,े जसलाई केही शोधकर्ताहरूले इस्लामिक स्टेट साहेल प्रान्तसँग जोडेका छन् भने आइएसएसपी बुर्किना फासो माली र नाइजरमा सक्रिय छ ।

अहमदले भन्नुभयो, “इस्लामको व्यवहारिक शिक्षाको अभ्यास नगरेको भन्दै उनीहरूले हाम्रा केही मानिसहरूको हत्या गरे ।”

 लामो समयसम्म चलिरहेको हिंसाकोबीचमा महमुदा भनेर चिनिने अर्को जिहादी समूहले हस्तक्षेप गरी लकुरावा लडाकुहरूसँग झडप गरेको अहमद र मोहम्मदले बताए । 

अहमदले भन्नुभयो, “धेरै मानिसहरू भागे जबकि लकुरावा लडाकुहरू आफ्ना महमुदा प्रतिद्वन्द्वीहरूको सामना गर्न व्यस्त थिए ।”

अहमद र मोहम्मद दुवैले घटनाबारे ठोस विवरण दिन नसकेको तर नाइजेरियाको प्रहरीले अपहरणको बारेमा थाहा पाएको बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan