Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लिबियाको हतियार तथा गोलाबारुद भण्डारमा  विस्फोट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार | रासस/सिन्ह्वा

पश्चिमी लिबियाको हतियार तथा गोलाबारुद भण्डारण सुविधामा शुक्रबार साँझ विस्फोटहुदाँ भण्डारण गरिएका  मिसाइल र गोलाबारुद उडाएको स्थानीय मिडिया  तथा अधिकारीहरूले जनाएका छन् ।

यो भण्डारण लिबियाको राजधानी त्रिपोलीबाट करिब २०० किलोमिटर पूर्वमा अवस्थित मिसराता सहरको दक्षिणमा अल–सिक्त क्षेत्रमा  रहेको जनाइएको छ ।

गोलाबारुद भण्डारभित्र लगातार विस्फोट जारी रहेको स्थानीय मिडियाले जनाएका छन् भने  अधिकारीहरूले नजिकैका सडक सञ्जालहरु बन्द गरेर थप जोखिमहरू विरुद्ध सावधानीका तथा सुरक्षाका उपायहरू अबलम्वन गरिरहेको जनाएको छन् ।

लिबिया सरकारका कार्यवाहक आन्तरिक मन्त्रीले अल–सिक्त क्षेत्रको गोला बारुद र हतियार भण्डारणमा  भएको विस्फोटबारे निर्देशन जारी गरेको सुरक्षा मिडिया विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विस्पोट स्थल र वरपरका क्षेत्रहरूको सर्वेक्षण गर्न र विस्फोटका अवशेषहरू सङ्कलन गर्न सुरक्षा टोलीहरू पठाइएको विज्ञप्तिमा जनाइएको छ ।

विस्फोटको कारण वा क्षति बारेमा आल सम्म कुनै पनि आधिकारिक जानकारी उपलब्ध हुन नसकेको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan