Sunday 23rd of August | २०८३ भदौ ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ७ आइतबार | (रासस)

लमजुङ, ७ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको नीति, विचार, कार्यशैली र सङ्गठनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ । 

नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित  मदन–आश्रित स्मृति भवनमा आयोजित १३औँ बैठकलाई आज सम्बोधन गर्दै उपाध्यक्ष गुरुङले पार्टीलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउन नीति, विचार, कार्यशैली तथा  सङ्गठनमा आवश्यक पुनःगठन गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टी सङ्गठनलाई जनतासँग जोड्दै कार्यकर्तालाई सक्रिय, जिम्मेवार र प्रभावकारी ढङ्गले परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

बदलिँदो राजनीतिक परिवेश र जनताको अपेक्षालाई सम्बोधन गर्न पार्टीले आफ्नो कार्यशैलीमा सुधार गर्दै अघि बढ्नुपर्ने बताउँदै उपाध्यक्ष गुरुङले पार्टीका गतिविधिलाई जनताका समस्या तथा  आवश्यकतासँग जोडेर सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । 

एमाले केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले जनताको चाहना र अपेक्षाअनुसार पार्टी निर्माण गर्नुपर्ने बताउनुभयो । पार्टीभित्र भएका गल्ती तथा कमजोरीलाई स्वीकार गर्दै त्यसबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उहाँले विगतका कमजोरीको समीक्षा गरी पार्टीलाई जनमुखी, सुदृढ र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले पार्टीका सबै तहका नेता तथा कार्यकर्ता जिम्मेवार भएर सङ्गठन सुदृढीकरणमा लाग्नुपर्नेमा जोड दिनुभयो । 

एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज जमिन्द्रमान घले र गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले पार्टी सङ्गठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउनुपर्ने बताउनुभयो । पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउँदै सङ््गठनलाई चलायमान बनाउनुपर्ने उहाँहरूको भनाइ थियो । 

जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्टले गत आर्थिक वर्षमा जिल्ला कमिटीबाट सम्पादन गरिएका कार्यक्रम तथा गतिविधिको विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले चालु आर्थिक वर्षमा सञ्चालन गरिने योजना तथा कार्यक्रम, सङ्गठन सुदृढीकरण र कार्यकर्ता परिचालनका विषयमा बैठकलाई जानकारी गराउनुभएको थियो । बैठकसँगै ‘मिसन पार्टी जागरण अभियान–२०८३’ सम्बन्धी अभिमुखीकरणसमेत गरिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan