Sunday 23rd of August | २०८३ भदौ ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ७ आइतबार |

गोरखा, ७ भदौः गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–४ माझगाउँवेशीमा ग १ त ७५४८ नम्बरको ट्याक्टरले चेपेर आज चालक चितवनका ४५ वर्षीय मोहनबहादुर बोहराको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बोहोराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो । स्थानीय हरि पोखरेलको बारी जोतेर निस्कदा आफैँले चलाएको ट्याक्टरले च्यापिएर उनी गम्भीर घाइते भएका थिए । 

घाइते बोहराको प्रदेश अस्पताल गोरखामा उपचार हुन नसकेपछि थप उपचारका लागि नेशनल सिटी अस्पताल चितवन लगिएको थियो । त्यहीँ उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan