Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री भ्रष्टाचार मुद्दामा दोषी ठहर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार |

काठमाडौं, ९ भदौ । प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार थापालाई घुस रिसवतमा दोषी ठहर गरेको हो।

लागुऔषध मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अभियोगमा गत जेठ १३ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

उनी जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत थिए ।

लागुऔषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी केस मिलाइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ लिएको घुससहित उनलाई अख्तियारले पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan