Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मृतकको पहिचान सहज बनाउन प्रोजेक्टरसहितको कक्ष सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार |

हेटौँडा, १४ भदौः हेटौँडा उपमहानगरपालिकाले रसुवामा आएको बाढीमा परी मृत्यु भएकाहरूको पहिचान सहज बनाउन ‘प्रोजेक्टर’सहितको कक्ष सञ्चालनमा ल्याएको छ ।

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी विभिन्न स्थानमा राखिएका शवको पहिचानमा सहजता ल्याउने उद्देश्यले उपमहानगरपालिकाले आजदेखि उक्त कक्ष सञ्चालनमा ल्याएको नगरप्रमुख मीनाकुमारी लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कक्षमा प्रोजेक्टरमार्फत उद्धार गरिएका शवका उपलब्ध तस्बिर तथा विवरण देखाइने व्यवस्था गरिएको छ । बाढीपछि सम्पर्कविहीन भएका परिवारले यहाँ उपलब्ध तस्बिर तथा विवरण हेर्न सक्नेछन् ।

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका कतिपय शवको तत्काल पहिचान हुन नसक्दा परिवार तथा आफन्तलाई समस्या भइरहेकाले यस्तो व्यवस्था गरिएको लामाले बताउनुभयो ।

प्रोजेक्टरमा उपलब्ध तस्बिर तथा विवरण सामूहिक रूपमा हेर्न सकिने भएकाले शवको पहिचान तथा यकिन गर्न सहयोग पुग्ने उपमहानगरपालिकाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan