Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार |

गोरखा, १४ भदौ : त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ । बाढीले लगातार तीन घण्टा हानेपछि बिहान ११ः३० बजेतिर पुल ढलाएर बगाएको स्थानीय विनोद नहर्कीले जानकारी दिनुभयो ।

पुल लगेपछि गण्डकी गाउँपालिका ७ र ८ का बासिन्दा त्रिशूली तरेर राजमार्गतर्फ जान समस्या भएको छ । “घ्याल्चोकका करिब ४०० घरधुरी किसानले तरकारी र दूध बोकेर चरौँदीको कृषि सहकारीमा लैजाने मुख्य बाटो हो”, उहाँले भन्नुभयो, “अब यहाँका किसानले तरकारी र दूध बेच्न नपाउने भए ।”

यसअघि गत भदौ १० गते बुधबार आएको बाढीले यसभन्दा केही तल रहेको धवादीघाटको पुल लगेको थियो । सो पुल लगेपछि स्थानीयवासी घ्याल्चोकको पुल भएर वारपार गर्ने गरेका थिए । यो पुल लगेपछि स्थानीयवासीलाई समस्या भएको अर्का स्थानीय विजय रूपखेती बताउनुहुन्छ । 

घ्याल्चोक–चरौँदी जोड्ने १३० मिटर लामो पुल छ वर्षअघि मात्र निर्माण भएको स्थानीयको भनाइ छ । योसँगै त्रिशूलीको बाढीले गोरखामा तीन वटा झोलुङ्गे पुल बगाएको छ भने एउटा पुल पूर्णरूपमा क्षति भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan