Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जथाभावी राहत सङ्कलन नगर्न प्रशासनको आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार |

भद्रपुर (झापा), १४ भदौः रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितका नाममा जथाभावी आर्थिक तथा राहत सामग्री सङ्कलन नगर्न जिल्ला प्रशासन कार्यालय झापाले सबैमा आग्रह गरेको छ ।

जिल्लामा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले बाढीपीडितका नाममा राहत सङ्कलन गर्न थालेपछि प्रशासनले आज सूचना जारी गर्दै त्यस्ता गतिविधि नगर्न आग्रह गरेको हो । 

बाढीपीडितका लागि आर्थिक सहयोग गर्न इच्छुक व्यक्ति तथा सङ्घसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खाता नम्बर यकिन गरेर मात्र रकम जम्मा गर्न प्रशासनले आग्रह गरेको छ ।

राहत तथा सहयोगका नाममा हुन सक्ने अनधिकृत सङ्कलन र दुरुपयोग रोक्न प्रशासनले यस्तो सूचना जारी गरेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan