मनहरीद्वारा बाढीपीडितका लागि रु १० लाख सहयोग
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार |
हेटौँडा, १४ भदौः मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० लाख सहयोग गर्ने भएको छ ।
गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिनुभयो ।
अध्यक्ष कालाखेतीले आफूले तीन महिनाको सेवासुविधाबापत प्राप्त हुने रकम कोषमा जम्मा गर्ने बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका अन्य जनप्रतिनिधिले पनि एक-एक महिनाको सेवासुविधाबापतको रकम कोषमा जम्मा गर्ने भएका छन् ।
