Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सप्ताहव्यापी गाईजात्राः आज बौद्ध क्षेत्रमा रोपाइँ जात्रा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १५ सोमबार |

काठमाडौँ, १४ भदौः गाईजात्रा सप्ताहको दोस्रो दिन आज बौद्ध क्षेत्रस्थित बौद्धनाथ महाचैत्य परिसरमा रोपाइँ जात्रा सम्पन्न भएको छ । सप्ताहव्यापी गाईजात्राको दोस्रो दिन अर्थात् भाद्र कृष्ण द्वितीयाका दिन प्रत्येक वर्ष बौद्धनाथ क्षेत्रको बौद्धनाथ महाचैत्य परिसरमा यो जात्रा मनाउने गरिन्छ ।

    लोग्ने मानिसले महिलाको भेष धारण गरी खेतालालाई खाजा बाँडेको अभिनय गरिने यो जात्रा हेर्न बौद्ध क्षेत्रमा हजारौँ मानिसको घुइँचो थियो । यस दिन लोग्ने मानिस एवं केटाकेटीले बौद्धनाथ क्षेत्रमा रोपाइँ गरेको अभिनय गर्दै जात्रा गर्ने गरेको बौद्धनाथ घ्याङ गुुठीका सचिव टासीकुमार लामाले राससलाई जानकारी दिनुभयो । 

    जात्रामा घोडचढी मानिसले जात्रामा रौनकता थप्ने गरेका छन् । यो जात्रामा परम्परागत कृषि जीवनको झल्को पाइन्छ । बौद्धनाथ क्षेत्रका विभिन्न भागबाट जात्रा निकालिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan