Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इजरायलले लेबनानको सुरक्षा क्षेत्र लक्षित आक्रमण जारी राख्ने नेतान्याहुको दाबी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार | (रासस/एएनआई)

तेल अवीव, ३० भदौ : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानका विभिन्न सुरक्षा क्षेत्र लक्षित आक्रमण जारी राखी पूर्वाधार ध्वस्त गर्ने अभियान जारी रहने प्रतिबद्धता व्यक्त गर्दै हेजबुल्लाहविरुद्ध इजरायलले अर्को विजय हासिल गरेको बताउनुभयो । 

इजरायलका प्रधानमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल एक्समा “हेजबुल्लाहमाथि अर्को ठुलो विजय हासिल गरेको  ब्युफोर्ट रिज र अली अल–ताहेर रिजमा रहेको यसको प्रमुख आतङ्कवादी गढलाई नष्ट गरेको उल्लेख गरिएको छ  । उहाँले हामी इजरायल लागि कुनै पनि खतरा हटाउन स्पष्ट नीतिसहित लेबनानको सुरक्षा क्षेत्रमा आतङ्कवादी पूर्वाधार नष्ट गर्ने प्रक्रिया जारी राख्ने पनि बताउनुभयो । 

उहाँले अहिलेसम्मको हेजबुल्लाहविरुद्ध जारी इजरायली आक्रमण बाट पाठ नसिकेर पुनः आक्रमण गर्न खोजे अझै ठुलो प्रहार भोग्नु पर्ने  बताउनुभएको छ ।  
गत महिना, लेबनानका राष्ट्रपति जोसेफ आउनले रोममा लेबनान र इजरायलबिच हालैको कूटनीतिक संलग्नताका क्रममा सीमा विवाद र कैदीहरूको रिहाइको सन्दर्भमा प्रगति हासिल भएको बताइएको थियो ।

यसैगरी गत अगस्ट ७ मा क्याबिनेट सत्रलाई सम्बोधन गर्दै आउनले रोम वार्ताले युद्धविराम, घरहरू ध्वस्त पार्नु र बुलडोजिङ, सीमा, र कैदीहरूको फिर्ती र मुख्य क्षेत्रको  पहिचान, निर्धारण गरेको लेबनानको राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उहाँले सीमा र कैदीहरुको विषयमा सकारात्मक प्रगति भएको उल्लेख गर्दै ठोस उपायहरू चाँडै साकार हुने आशा पनि व्यक्त गर्नुभएको छ ।वासिङ्टनले युद्धविराम र मुख्य क्षेत्रहरु सम्बन्धी बाँकी मामिलाहरू समाधान गर्न काम गर्ने टिप्पणी गर्दै अमेरिकी जनरल जोसेफ क्लियरफिल्डले यस्तो घटनाक्रमहरूको निगरानी गर्न चाँडै बेरुतको भ्रमण गर्नेसमेत बताउनुभयो । 

सीमामा सुरक्षा  प्रक्रियालाई अगाडि बढाउने र जुनको अन्त्यमा वासिङ्टनमा स्थापित समझदारी कार्यान्वयन गर्ने उद्देश्यले इजरायली र लेबनानी अधिकारीहरूले रोममा तीन दिनको छलफलको समापन गरेपछि उक्त बयान आएको स्थानीय मिडियाले जनाएको छ ।

हेजबुल्लाहको विरोधको सामना गर्नुपरेको यो बैठक दुई द्विपक्षीय वार्ताको सातौँ चरण भएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan