Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शर्तहरु पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता हुँदैन: इरानी सुरक्षा अधिकारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार | (रासस/सिन्ह्वा)

तेहरान, ३० भदौ : इरानका एक शीर्ष सुरक्षा अधिकारीले  शर्तहरु पूरा नभएसम्म इरानले अमेरिकासँग कुनै वार्ता नगर्ने मङ्गलबार बताउनुभएको छ । 

इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको  तेहरान छिटो सम्झौता गर्न चाहेको र वासिङ्टनले वार्ता पुनः सुरु गर्न सक्ने दाबी गर्दै गरेको टिप्पणीको प्रतिक्रियामा सामाजिक सञ्जाल एक्सको एक पोस्टमा टिप्पणी गर्दै यस्तो बताउनुभएको हो । 

यसअघि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा इरानले सम्झौताको गाम्भिर्यता नहेरी चाँडै सम्झौता गर्न चाहेको उल्लेख गर्दै आवाश्यक वातावरण मिलाउने र यो अवधारणाको लागि आफहरु सँधै खुला रहेको उल्लेख गर्नुभएको थियो । 

अमेरिकी राष्ट्रपतिको मिश्रित सङ्केतहरूबाट विचलित नहुनु आग्रह गर्दै रेजाईले कुनै वार्ताको तयारी नभएको उल्लेख गर्दै आफुहरु छलफलका लागि तयार भए पनि जलमार्ग वरपरको जोखिम परिवर्तन भएकाले नियन्त्रण कायम रहने बताउनुभएको छ । उहाँ इरानका सर्तहरू पूरा नभएसम्म कुनै वार्ता नहने विषयमा जोड दिनुभएको छ । गत जुन –१८ मा, संयुक्त राज्य अमेरिका र इरानले लेबनानसहित सबै क्षेत्रमा युद्ध अन्त्य गर्न समझदारी ज्ञापन पत्र (एमओयू) मा हस्ताक्षर गरेका थिए । 

एमओयू अन्तर्गत, उनीहरूले अन्तिम सम्झौतामा पुग्न ६० दिनको अवधिमा वार्ता गर्ने तालिका तय गरिएको थियो । जुन अगस्ट –१७ मा समाप्त भयो, तर दुई देशहरू बीच हालैको तनावको शृंखला बढेपछि वार्ताको प्रक्रिया ठप्प भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan