Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार | (रासस/सिन्ह्वा)

द हेग, ३० भदौ : पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन जना डच नागरिकको मृत्यु भएको डच विदेश मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयले डच सार्वजनिक प्रसारणकर्ता एनओएसलाई पीडितहरू ५७ र ५८ वर्षका दुई पुरुष र एक २३ वर्षीया महिला रहेको बताएको छ ।

विमानले पश्चिम–मध्य नेदरल्याण्ड्सको हिलभर्समको सानो एयरफिल्डबाट स्थानीय समय अनुसार विहान लगभग १०ः२५ मा जर्मनीको उत्तरी राइन–वेस्टफालिया राज्यको एर्केलेन्ज जिल्लाको गर्डेरथ नजिकै रडारबाट सम्पर्क विहिन भएको लगभग केही समय पछि ११ः१८ दुर्घटनाग्रस्त भएको थियो । 

विमान नेदरल्यान्ड्सको हिलभर्सम फ्लाइट सँस्थामा दर्ता गरिएको जनाइएको छ ।दुर्घटनाको कारण थाहा नभएसम्म व्यवस्थापनले सबै उडानहरू तत्काल स्थगित गर्ने घोषणा गरेको जनाइएको छ ।डच सुरक्षा बोर्डले सोमबार दुई उड्डयन अनुसन्धानकर्ताहरूले प्रारम्भिक अनुसन्धानमा सहयोग गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan