Friday 18th of September | २०८३ असोज २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एन आई सी एशिया बैंकद्वारा सिराहा, बर्दिया, सुनसरी र मोरङ जिल्लाका चारवटा सामुदायिक विद्यालयलाई ल्यापटप, कम्प्युटर र प्रोजेक्टर प्रदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १ बिहीबार |
newsabhiyan

काठमाडौं, १ असोज । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढीमाई नगरपालिका–९ सिराहास्थित श्री महावीर माध्यमिक विद्यालय चैनपुर, ठाकुरबाबा नगरपालिका–२, कर्मला, बर्दियास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, इटहरी उप–महानगरपालिका–१९, जब्दी सुनसरीस्थित श्री पञ्चायत रजत जयन्ती आधारभूत विद्यालय र सुनवर्षी नगरपालिका–२, अमरदह, मोरङस्थित श्री वीरेन्द्र सार्वजनिक विद्यालयलाई विद्यार्थीहरुको पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ ल्यापटप, डेस्कटप कम्प्युटर र प्राजेक्टर उपलब्ध गराएको छ ।

हाल ६७२ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत श्री महावीर माध्यमिक विद्यालय चैनपुरमा मिति २०८३ भाद्र ३१ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका लहान सर्कल हेड लेखराज पौडेल र लहान शाखा प्रमुख राजेश्वर शाहले संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक राम कुमार ठाकुरलाई एक थान डेस्कटप कम्प्युटर र एक थान प्रोजेक्टर हस्तान्तरण गर्नुभयो ।

त्यसैगरी, २९३ भन्दा धेरै विद्यार्थीहरु रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई सोही मितिमा यस बैंकका मगरागढी शाखा प्रमुख महेन्द्र बहादुर शाहीले उक्त विद्यालयका प्रधानाध्यापक कलम बहादुर शाहीलाई एक थान ल्यापटप र दुई थान डेस्कटप कम्प्युटर हस्तान्तरण गर्नुभयो ।

त्यस्तै, १६९ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको श्री पञ्चायत रजत जयन्ती आधारभूत विद्यालयलाई पनि उक्त मितिमा यस बैंकका इटहरी सर्कल हेड विशाल घिमिरे र तरहरा शाखा प्रमुख सन्देश भण्डारीले
संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक गोपीकृष्ण दंगाललाई दुई थान ल्यापटप र तीन थान डेस्कटप कम्प्युटर हस्तान्तरण गर्नुभयो र हाल ११५७ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत श्री वीरेन्द्र सार्वजनिक विद्यालयलाई भाद्र ३० गते एक विशेष कार्यक्रमका बीच यस बैंकका दमक सर्कल हेड भुपेन्द्र पौडेलले उक्त विद्यालयका प्रधानाध्यापक धन बहादुर बस्नेतलाई दुई थान ल्यापटप र दुई थान डेस्कटप कम्प्युटर हस्तान्तरण गर्नुभयो ।

बैंकले उक्त विद्यालयहरुलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan