Friday 18th of September | २०८३ असोज २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना, Base Rate± ०.२५% ब्याज दरमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २ शुक्रबार |
newsabhiyan

काठमाडौं, २ असोज । मुक्तिनाथ विकास बैंकले Nepal Land & Housing and Construction Expo २०२६ तथा नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले Base Rate± ०.२५ प्रतिशत मात्र को विशेष ब्याज दरमा घर निर्माण, घर खरिद तथा आवास सम्बन्धी आवश्यकताका लागि कर्जा प्राप्त गर्न सक्नेछन भने  घर जग्गाको मूल्याङ्कनको अधिकतम ७० प्रतिशतसम्म तथा पहिलो घर कर्जाको हकमा अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

चाडपर्वको उत्साहसँगै आफ्नै घरको सपना साकार गर्न चाहने ग्राहकहरूका लागि यो योजना सहज र आकर्षक वित्तीय अवसरका रूपमा ल्याइएको बैंकले जनाएको छ ।

विशेष घर कर्जा योजना २०८३ साल कार्तिक मसान्तसम्म लागू हुनेछ । उक्त अवधिपश्चात बैंकको प्रचलितब् याजदर तथा सम्बन्धित कर्जा शर्तहरू लागू हुनेछन् ।

यस योजनाले घर निर्माण वा खरिदको योजना बनाइरहेका ग्राहकलाई प्रतिस्पर्धी ब्याज दरमा कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

बैंकले यो सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ ।

ग्राहकहरूले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी योजना सम्बन्धी थप जानकारी तथा कर्जा प्रक्रिया बारे जानकारी लिन सक्नेछन् । साथै, बैंकले अटो लोन तथा कृषि एवं एसएमई व्यवसाय कर्जाका विशेष योजनाहरूसमेत सञ्चालनमा ल्याएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan