Friday 18th of September | २०८३ असोज २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सन नेपाल लाइफद्वारा 'सन स्मार्ट प्रोटेक्सन बीमा योजना' सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २ शुक्रबार |
newsabhiyan

काठमाडौं, २ असोज । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिकको जीवन सुरक्षालाई ध्यानमा राख्दै कम्पनीको ९औ बार्षिकोत्सवको उपलक्ष्यमा 'सन स्मार्ट प्रोटेक्सन बीमा योजना' ल्याएको छ।

असोज १ गते सम्पन्न गरिएको Product Inauguration कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालबाट र उच्च व्यवस्थापन कर्मचारीहरूको उपस्थितिमा उक्त बीमा योजनालाई शुभारम्भ गरिएको हो ।

कम्पनीले १८ वर्षदेखि ६५ वर्षसम्मका मानिसहरूका लागि थोरै लागतमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले यो नयाँ योजना प्रस्तुत गरेको हो।

विशेष गरी युवा अवस्थामा रहेका परिवारका संरक्षकहरूको व्यावसायिक दायित्व र पारिवारिक दायित्वलाई सन्तुलनमा राखी आर्थिक सुरक्षा प्रदान गर्नु यस योजनाको मुख्य उद्देश्य रहेको छ।

यो बीमा योजना कम्पनीका सम्पूर्ण शाखा कार्यालयका साथै डिजिटल माध्यमबाट पनि सहजै खरिद गर्न सकिन्छ र डिजिटल माध्यमबाट खरिद गर्नको लागि www.sunlife.com.np र Sun Connect बाट खरिद गर्न सकिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan