Friday 18th of September | २०८३ असोज २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २ शुक्रबार |
newsabhiyan

काठमाडौं, २ असोज ।  नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । बैंकले साविककै आकार तथा रङमा, नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याएको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार संकेत नम्बर ट २४ ०००००१ देखि ण ७० ९९९९९९ सम्म भएको नयाँ नोट चलनचल्तीमा ल्याइएको हो ।

नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ। नोट हल्लाउँदा रङ परिवर्तन हुने तथा '५०' अंकित पानीछाप देखिने विशेषता पनि समेटिएको छ।

मध्यभागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ' भन्ने प्रत्याभूतिमूलक वाक्यांश उल्लेख छ।

नोटमा गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। तल्लो भागमा सिरिज नम्बर 'वि.सं. २०८२’ लेखिएको छ। प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रूपमा देखिने 'एआरबी' लेखिएको १.२ मिलिमिटर चौडा सुरक्षण धागोसमेत राखिएको छ ।

नयाँ ५० रुपैयाँको नोटका प्रमुख विशेषता यस्ता छन् :

  • नोटको अगाडिको भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश रहनेछ ।
  • बाँयातर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ । सोको मुनि ‘५०’ अंकित पानीछापमा समेत छ ।
  • नोटको तल्लो खण्डमा सिरिज नम्बर वि.सं. २०८२ लेखिएको छ ।
  • नोटमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत छ ।
  • नोटमा १.२ मिलिमिटर चौडा भएको कागजमा बुनिएको सुरक्षण धागो राखिएको छ । त्यसलाई प्रकाशतर्फ पारेर हेर्दा धागो पूर्ण रूपमा देखिन्छ । उक्त धागोमा ‘NRB’ लेखिएको छ ।
  • नोटको पछाडि मध्य खण्डमा हिउँ चितुवाको चित्र तथा त्यसको माथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ ।
  • तल्लो खण्डमा ‘RUPEES FIFTY’ र ‘2025 A.D.’ उल्लेख गरिएको छ ।
  • राष्ट्र बैंकले यसअघि २०७७ असार २२ गतेदेखि ५० रुपैयाँ दरको (सिरिज २०१९) का नोट संकेत नम्बर ज ८९ ०००००१ देखि ट ३३ ९९९९९९ सम्म चलनचल्तीमा ल्याउने भनेर सूचना जारी भए पनि ज ८९ ००००००१ देखि ट २३ ९००००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan