Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दसैपछि बिद्रोहको आगो बाल्ने, मधेशदेखि राजधानीसम्म आन्दोलन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ७ बुधबार |
newsabhiyan

काठमाडौं, ७ असोज । माओवादीबाट नेकपा बनाउन पुगेका प्रचण्डले दसै तिहारपछि रास्वपाविरूद्ध सडकमा आगो बाल्ने बताएका छन् ।

सडक आन्दोलन गर्न मधेसवादी नेताले पनि धमास दिएका छन् तर जनताले प्रचण्ड वा मधेशवादीलाई साथ देलान् र ?

ओली र प्रचण्ड आफैं आफ्नो नेतृत्वप्रति पार्टीभित्रै बिबादित रहेका छन् ।

आफ्नै घर मिलाउन नसकिरहेका नेताले आन्दोलन गर्ने विश्वास देखिदैन ।

प्रचण्डले बालेन सरकारलाई तथाकथितको आरोप लगाउँदै सुकुम्बासी तथा अव्यवस्थित नागरिक, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन गरेको आरोप लगाएका छन् भने ओलीले बालेन सरकारलाई बतासे फूल भनेका छन् ।

यी दुबै नेता भित्रभित्रै प्रतिपक्षी सबैलाई एक ठाउँमा ल्याएर जबरजस्त सडक आन्दोलन गर्ने वातावरण सिर्जना गर्न थालेका देखिन्छन् ।

ओली, प्रचण्डको बुझाइ छ– बालेनको गतिविधि र कार्यशैलीले जनतामा भ्रम हट्दै गएको छ । 

मधेशदेखि राजधानीसम्म आन्दोलन
रास्वपाका सांसद हुन् अमरेशकुमार सिंह । उनी बालेन सरकारको कडा आलोचक बन्दै आएका छन् ।

भारतसँग निकट सम्बन्ध रहेका मानिने अमरेशले मेची महाकाली पदयात्रा गर्दैछन्, बालेन विरूद्धको माहोल तयार गर्नका लागि ।

प्रचण्ड : त्यसै पनि प्रतिपक्षी । हाम्रो अनुहारसम्म हेर्न नहुने, मै जान्ने, म नै सबैथोक ठान्ने भनेर प्रम बालेनको आलोचना गर्दै आएका छन् ।

प्रम बालेन शाह भ्रष्टाचारीको अनुहार नहेर्ने भनेर संसदमा समेत मन्त्रीलाई खटाउने गरेका खबर गोरखा एक्सप्रेसमा उल्लेख छ ।

दशैपछि उनले सडक तताउने र सरकार ढाल्ने रणनीतिमा रहेको बताएका छन् । उपेन्द्र यादव जसपाका अध्यक्ष ।

मधेशको शासन र प्रशासन आफैले चलाउन मधेश तात्नै पर्ने उनको ठहर छ । यी तीनले बालेनलाई हुत्याउलान् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan