Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कम्युनिष्टसँग बरालिंदा कांग्रेस घर न घाटको

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १३ मंगलबार |
newsabhiyan

काठमाडौं, १३ असोज । अतिवादमा थियो माओवादी । आफैले टाउकोको मूल्य तोकेको माओवादीसँग मिलेर राजतन्त्र फाल्ने र वीपी नीति त्याग्ने कांग्रेस यतिबेला ऐतिहासिक संकटमा फस्न पुगेको छ ।

कम्युनिष्टसँग रमाएका पूर्वसभापति देउवा ज्योतिषको भरमा परेर, कसैको उक्साहटमा परेर ५ दशक लामो राजनीतिका परिपक्व नेता शेरबहादुर देउवाले छैठौं पटक  प्रधानमन्त्री बन्नै लागि कम्युनिष्टसँग मिलेका थिए ।

गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्ने लालसामा तत्कालीन नेता गिरिजाप्रसाद काइेरालाले हार खानपुर्यो, जीवन समाप्त पार्नुपर्यो भने पुनः प्रधानमन्त्री बन्नका लागि कांग्रेसले कम्युनिष्ट एमाले र माओवादीको पछि लाग्दालाग्दै जेनजी विद्रोह निम्त्याउनु पर्यो, राजनीतिक जीवनको उत्तराद्र्धमा जेनजी पुस्ताबाट रगताम्मे हुनेगरी कुटिनुपर्यो, विदेश भासिनु पर्यो र पार्टीको नेतृत्व गुमाउनु पर्यो र अब पाउने सर्वमान्य नेताको सम्मान पनि गुमाउनु पर्ने भएको छ ।

राजनीतिक र उमेर दुवै हिसाबले थकित र एक प्रकारले औचित्य र सान्दर्भिकता गुमाइसकेका र आफ्ना भनिएकाहरूसमेत धेरै नेता र कार्यकर्ता गगनतिर गइसक्दा पनि देउवाले अझै शक्तिको लोभ र लालसा त्याग्न सकेका छैनन्, सभापति गगन थापासँग मोलमोलाई गरिरहेका देखिन्छन् ।

कसैले बुझ्न नसकेको कुरा भनेको आफ्नै नेतृत्वमा अधिवेशन गर्नुपर्ने घिटघिटो देउवाले किन पालिरहेका होलान् ? यसको अन्तर्य के होला कुन्नी ?

असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका क्रममा जारी प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र सहमतिका आधारमा आगामी महाधिवेशन संयुक्त रूपमा गर्नु पर्ने माग सुनुवाई भएन भन्ने रोष छ देउवामा ।

यसैले देउवा पक्ष समानान्तर महाधिवेशनको तयारीमा जुटेको छ । एउटा पार्टी दुई महाधिवेशन हुने तिर कांग्रेस अग्रसर छ ।

फागुन २१ को चुनाव हारेर थलिएको कांग्रेस त्यसै पनि कमजोर छ, त्यसपछि दुई चिरा भएपछि ८ दशक पुरानो र प्रजातन्त्रको बिडा उठाउने पार्टी भनेर नथाक्ने कांग्रेसको हालत र हविगत कति खस्किएला ?

देउवा पक्ष हामी १४औं महाधिवेशनको निर्वाचित आधिकारिक भन्छ, विशेष महाधिवेशनबाट निर्वाचित गगन पक्ष १५औं महाधिवेशनको प्रकृया असोज ३ बाट अघि बढाइसकेको छ ।

देउवा पक्षका संयोजक डा. शशांक कोइरालाले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने भनेको छ । संस्थापन पक्ष गगन समूह महाधिवेशन रोक्दै नरोक्ने भनेर अघि बढिसकेको छ ।

सभापति गगन थापाले उद्घाटन गरेर सर्वमान्य नेता बन्न गरेको आग्रहलाई देउवाले नकारेका छन्, भेट्न खोज्दा भेट पनि दिन मानेका छैनन् । विवाद चुलिएको छ ।

देउवालाई उक्साउने प्रकाशशरण महतहरू एकताको महाधिवेशन गर्न हरसम्भव प्रयास गरेको हो, गगन समूहले नमानेको दोषारोपण गरिरहेका छन् ।

लाग्छ, अब एकताको महाधिवेशनको ढोका बन्द भइसकेको छ । तथापि केही कांग्रेसी नेताहरू कुनै न कुनै बाटो निस्कने छ र एकताको महाधिवेशन हुनसक्छ भनेर आशावादी देखिन्छ ।

कांग्रेसले कम्युनिष्टहरूसँग बरालिंदा लोकतन्त्रलाई लूटतन्त्र बनाउन सफल भए, यसैका कारण जनताले चुनावबाट स्वाद चखाइदिएका खबर गोरखा एक्सप्रेसमा उल्लेख छ ।

अझै पनि कांग्रेसले बुद्धि पुर्याउने र कम्युनिष्टप्रतिको आशक्ति त्यागेर सिद्धान्त, नीति र नैतिकताका साथ वीपी सिद्धान्तमा उभिने हो भने जनताले नपत्याउने कारण छैन ।

यसका लागि प्रजातान्त्रिक भनिने कांग्रेसले कम्युनिष्टसँग सिद्धान्त समाप्त पार्नु भएन ।

नेपाली कांग्रेसको संगठन र समर्थन भइरहँदा पनि कांग्रेसले गरेको लूटतन्त्रको बिरोधमा जनताले विद्रोह गरेका हुन्, यो कुरा कांग्रेस बुझ्ने पक्षमा देखिदैन ।

यो पनि पढ्नुहोस् :
अदालतको ढोका ढकढक्याउँदा पनि रोकिएन कांग्रेसको महाधिवेशन विवाद, अब जिल्ला–जिल्लामा हारगुहार

कांग्रेस घर किचलो झन् चर्किदै, गगनको उत्साह, देउवाको चुनौती र शेखरको ‘पटकथा’,खड्काको भूमिकाले थप रोचक

कांग्रेसमा मिलनको खोजी : दुवै पक्ष सोचमग्न, देउवा दोधारमा

देउवा समूहको विद्रोहले कांग्रेसमा फेरि भाँडभैलो,नेता मिल्ने कि कांग्रेस फुटिरहने ?

दबाबका बीच पन्ध्रौँ महाधिवेशनमा होमियो कांग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan