Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |
newsabhiyan

काठमाडौं, २० असोज  : उदयपुर, बेलका नगरपालिका-६ किराँत चोकस्थित सडकमा को.१ क ३४१८ नम्बरको ट्रकले लु.प्र.०२-००२ प २८५८ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक रोल्पा घर भएका ५६ वर्षीय दले पुन मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मोरङ, धनपालथान गाउँपलिका-६ रङ्गकालीस्थित सडकमा को.१९ प ७७४७ नम्बरको मोटरसाइकल र को.१९ प २ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा को.१९ प ७७४७ नम्बरको मोटरसाइकल चालक विराटनगर महानगरपालिका-७ मिलन चोक बस्ने सिन्धुली घर भएका २२ वर्षीय दिलिप विकको मृत्यु भएको छ

। दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका को.१९ प २ नम्बरको मोटरसाइकल चालकको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।  

चितवन, कालिका नगरपालिका-५ वडा कार्यालय चोक नजिक सडकमा ना.६ त ६४४४ नम्बरको ट्याक्टर र बा.प्र.३-०१-०२४ च ३४७३ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार सोही नगरपालिका-३ बस्ने ३५ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरो चालक र बोलेरोमा सवार ९ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दाङ, लमही नगरपालिका-३ मझगाउँस्थित सडकमा लु.प्र.०२-००१ ख ०११९ नम्बरको बस र लु.प्र.-०२-००१ ह १५७१ नम्बरको अटो एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सरूमारानी गाउँपालिका-५ हात्तिखाल बस्ने सोही गाउँपालिका-३ हंसपुर घर भएकी ४५ वर्षीया नमिसरा बराल र उनकै नातिनी २ महिनाकी जेनिशा सोमै मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोका चालक र अटोमा सवार १ जनाको एडमन्ड सिटी हस्पिटल प्रालि बुटवलमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan