Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ मलेसिया भ्रमणमा जाँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार | (रासस-एएफपी)

क्वालालम्पुर, २० असोज  : म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ आगामी केही दिनभित्र मलेसिया भ्रमणमा जाने मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले जानकारी दिनुभएको छ ।

भ्रमणका क्रममा म्यानमा र मलेसियाबीचका विभिन्न विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री अनवरका अनुसार म्यान्माका नागरिकलाई स्वदेश फर्काउने मलेसियाको योजनाका विषयमा पनि छलफल गरिनेछ ।

मलेसियाले करिब ५ हजार म्यानमा नागरिकलाई स्वदेश फर्काउने योजना अघि सारेको छ । यसमा रोहिङ्ग्या समुदायका व्यक्तिहरू पनि पर्न सक्ने भन्दै विभिन्न पक्षले चिन्ता व्यक्त गरेका छन् ।

यसैबीच, पहिलो चरणमा करिब एक हजार ५०० म्यान्मा नागरिक आइतबार स्वदेश फर्किएका छन् । तीमध्ये कति जना रोहिङ्ग्या समुदायका थिए भन्नेबारे भने मलेसियाले स्पष्ट जानकारी दिएको छैन ।

मिन आङ ह्लाइङको भ्रमणलाई म्यान्मा र मलेसियाबीचको कूटनीतिक संवादलाई अघि बढाउने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan