Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टेनिस संघको वार्षिक साधारण सभा सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |

नेपाल टेनिस संघको वार्षिक साधारण सभा बुधबार गोदावरीमा सम्पन्न भएको छ । साधारण सभाको टेनिस संघका अध्यक्ष मनोहरदास मुलले उद्घाटन गरे ।

साधारण सभाले महासचिवको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्म पारित गरेको टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । २०८३÷८४ का लागि लेखा परिक्षक नियुक्ति गर्ने निर्णय पनि गरेको छ । साधारण सभामा केन्द्रका २१ तथा प्रदेशबाट १५ प्रतिनिधिको उपस्थिति रहेको संघले जनाएको छ ।

साधारण सभाको उद्घाटन सत्रमा टेनिसका वरिष्ठ प्रशिक्षक शरद् लामा र यति डिस्टिलेरी प्रा.लि. का प्रबन्ध निर्देशक अभिषेक श्रेष्ठलाई सम्मान गरिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan