Thursday 8th of October | २०८३ असोज २२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २२ बिहीबार | (रासस/सिन्ह्वा)

संयुक्त राष्ट्रसंघ, २२ असोज : यमनमा जारी द्वन्द्व र बढ्दो असुरक्षाका कारण सर्वसाधारण आफ्नो घर छाडेर विस्थापित हुने क्रम जारी रहेको संयुक्त राष्ट्रसंघीय मानवीय सहायता निकायले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै अगस्ट १ यता यमनभर १ लाख ८४ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । पछिल्लो एक सातामै २१ हजारभन्दा बढी मानिस विस्थापित भएको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघ र उसका मानवीय साझेदारहरूले हालसम्म १ लाख २६ हजारभन्दा बढी मानिसलाई जीवनरक्षक सहायता उपलब्ध गराएका छन् । तर आवश्यकताहरू उपलब्ध स्रोतसाधनभन्दा तीव्र गतिमा बढिरहेको चेतावनी दिइएको छ ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा ठूलो आर्थिक अभाव रहेको जनाएको छ। विस्थापन बढ्नु, रोगको प्रकोप फैलिनु र द्वन्द्वका कारण पहिले नै कमजोर स्वास्थ्य प्रणालीमाथि थप दबाब परेको छ । पछिल्ला केही सातामा हैजाका बिरामीको संख्या तीन गुणाले बढेको छ । विस्थापित शिविरमा समेत हैजा फैलिएको छ भने दादुरा, डेंगु र औलो पनि फैलिइरहेका छन् ।

ताइज प्रान्तलाई होदेदाह, अदन र सानाआलगायत प्रमुख सहरसँग जोड्ने मुख्य सडकहरू अझै अवरुद्ध छन् । यसले सर्वसाधारणको आवागमन, व्यापारिक सामग्रीको आपूर्ति तथा मानवीय सहायता पु¥याउने कार्यमा गम्भीर अवरोध सिर्जना गरेको छ ।

आवश्यक वस्तु तथा औषधिको अभाव देखिन थालेको छ भने खाद्यान्न र इन्धनको मूल्य तीव्र रूपमा बढेको छ । पीठो, खाना पकाउने ग्यास र औषधिको उपलब्धताबारे समेत चिन्ता बढेको छ ।

सर्वसाधारणको मृत्यु तथा घाइते हुने घटना, नागरिक सम्पत्तिमा क्षति र विस्फोटक पदार्थबाट उत्पन्न जोखिम बढेकोप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । यस्ता अवस्थाले मानवीय सहायता पु¥याउने कार्य र सर्वसाधारणको सुरक्षित आवागमनमा थप बाधा पुगेको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले यमनका सबै पक्षलाई सर्वसाधारणको सुरक्षा गर्न तथा मानवीय संस्थाहरूलाई आवश्यक सहायता सुरक्षित र शीघ्र रूपमा पु¥याउन सहज वातावरण बनाउन आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan