Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बोल्सोनारोलाई तेस्रो उम्मेदवारको समर्थन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार | (रासस-एएफपी)

साओ पाउलो, २३ असोज : ब्राजिलको राष्ट्रपति निर्वाचनमा दक्षिणपन्थी उम्मेदवार फ्लेभियो बोल्सोनारोले तेस्रो स्थानका उम्मेदवार अगस्टो क्युरीको समर्थन प्राप्त गर्नुभएको छ । यसले वर्तमान वामपन्थी राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाविरुद्ध उहाँको चुनावी सम्भावना बलियो बनाएको छ ।

पहिलो चरणको मतदानमा क्युरीले करिब तीन प्रतिशत मत पाउनुभएको थियो । उक्त निर्वाचनमा फ्लेभियोले ४७ र लुलाले ४५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । समर्थन घोषणा गर्दै क्युरीले भन्नुभएको छ, “मेरो समर्थन खाली चेक होइन ।”

पैँतालिस वर्षीय फ्लेभियो कट्टर दक्षिणपन्थी पूर्वराष्ट्रपति जायर बोल्सोनारोका जेठा छोरा हुनुहुन्छ । सन् २०२२ को निर्वाचनमा पराजित भएपछि विद्रोहको षड्यन्त्र रचेको आरोपमा जायर अहिले नजरबन्दमा हुनुहुन्छ ।

डाटाफोलाको बिहीबार सार्वजनिक सर्वेक्षणअनुसार फ्लेभियोलाई ५२ प्रतिशत र ८१ वर्षीय लुलालाई ४८ प्रतिशत मतदाताको समर्थन छ । चौथो कार्यकालका लागि प्रतिस्पर्धा गरिरहनुभएका लुलाले चुनाव जित्न फ्लेभियोभन्दा बढी मत प्राप्त गर्नुपर्ने बताउँदै त्यसका लागि आफूसँग १७ दिन रहेको उल्लेख गर्नुभएको छ ।

निर्वाचन अभियानको अन्तिम चरणमा फ्लेभियोले समर्थकको विश्वासमा भर पर्नुभएको छ भने लुलाले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति बलियो बनाउँदै आउनुभएको छ । सामाजिक सञ्जालमा दक्षिणपन्थी पक्षको प्रभाव बढी देखिएको छ ।

यसैबीच, फ्लेभियोको सम्भावित सत्तारोहणको विरोधमा साओ पाउलो र अन्य सहरमा हजारौँ मानिसले प्रदर्शन गरेका छन् । यसअघि रियो दि जेनेरियोमा पनि प्रदर्शन भएको थियो । पहिलो चरणमा २६ लाख मतसहित चौथो हुनुभएका रेनान सान्तोसले भने कुनै पनि प्रमुख उम्मेदवारलाई समर्थन नगर्ने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan