Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दीपक भट्टले चोलेन्द्रशमशेर जबरालाई फोन गरेको भन्ने दाबी झुटो : चतुर्भुज भट्ट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |

काठमाडौं, २३ असोज । दीपक भट्टले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नख्खु कारागारबाट फोन गरी मुद्दामा चलखेल गर्न खोजेको भन्ने समाचारमा चतुर्भुज भट्टले खण्डन गरेका छन्।

न्यूज अभियान डटकममा असोज १०, २०८३ देखि प्रकाशित तथा प्रसारित सामग्रीप्रति ध्यानाकर्षण भएको जनाउँदै भट्टले उक्त समाचारको खण्डन र प्रतिक्रिया सार्वजनिक गरेका हुन्।

उनले दीपक भट्टले नख्खु कारागारबाट पूर्वप्रधानन्यायाधीश जबरालाई फोन सम्पर्क गरी मुद्दामा चलखेल गर्न खोजेको भन्ने दाबी अस्वीकार गरेका छन्। भट्टका अनुसार दीपक भट्टले आफूविरुद्ध लागेका आरोपका सम्बन्धमा अनुसन्धान अधिकारी, विशेष अदालत र उच्च अदालत पाटनमा समेत बयान दिइसकेका छन्।

सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा आफ्नो संलग्नता नरहेको भनी दीपक भट्टले सम्बन्धित निकायमा बयान दिएको पनि खण्डनपत्रमा उल्लेख छ।

विचाराधीन मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिले कारागारबाट तोकिएको स्थान र समयमा मात्र फोन सम्पर्क गर्न पाउने तथा ह्वाट्सएपलगायतका माध्यम प्रयोग गर्न नपाउने व्यवस्था रहेको जिकिर गर्दै भट्टले जबरालाई फोन गरेको भन्ने चर्चा झुटो भएको दाबी गरेका छन्।

चतुर्भुज भट्टले उक्त खण्डन तथा प्रतिक्रियालाई समाचार माध्यममा स्थान दिन आग्रह अनुसार स्थान दिइएको जानकारी समेत गराइन्छ । चतुर्भुज भट्ट दिपक भट्टका बुबा हुनुहुन्छ  । 

प्रधान सम्पादक  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan