Thursday 8th of October | २०८३ असोज २२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भेनेजुएलाका पूर्व नेता मादुरो र मादुरोकी पत्नीविरुद्ध नयाँ यातना आरोप दर्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २२ बिहीबार | (रासस/एएफपी)

संयुक्त राज्य अमेरिकाले बिहीबार भेनेजुएलाका पदच्युत राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसविरुद्ध नयाँ यातना आरोप दर्ता गरेको छ । यसले अमेरिकी हिरासतमा रहेका यी दुईविरुद्ध बढ्दो आपराधिक मुद्दालाई थप बलियो बनाएको छ ।

मादुरो र फ्लोरेसले जनवरीमा काराकासको आफ्नो परिसरबाट असाधारण अमेरिकी सैन्य छापामार्फत पक्राउ परेपछि पहिले नै संयुक्त राज्य अमेरिकामा लागूऔषध तस्करी र हातहतियारसम्बन्धी आरोपहरू सामना गरिरहेका छन्।

बिहीबार सार्वजनिक भएको अदालती कागजातले दुवैलाई अब यातनाको षड्यन्त्रको अतिरिक्त आरोप लगाइएको छ । कागजातमा भनिएको छ, “उनीहरूले ‘गम्भीर शारीरिक र मानसिक पीडा तथा कष्ट’ पु¥याएका थिए।”

आरोपमा भनिएको छ, “मादुरोको कथित उद्देश्य ‘राजनीतिक विपक्षीलाई दमन र सजाय दिनु, असहमति र कथित असहमतिलाई मौन पार्नु, सरकारका सदस्यहरूको शक्ति र अधिकार संरक्षण तथा रक्षा गर्नु, तथा अपहरणमार्फत आफ्ना विरोधीहरूलाई डरत्रास, उत्पीडन र निष्क्रिय पार्नु’ थियो।”

अभियोजकहरूले अमेरिकी नागरिकसमेत अज्ञात पीडितहरूलाई भेनेजुएली हिरासतमा विद्युतीय झट्का दिने, ‘वाटरबोर्डिङ’ गर्ने र कुटपिट गर्ने जस्ता घटनाहरूको विवरण दिएका छन् ।

मादुरो र फ्लोरेसविरूद्धको मुद्दाको सुनुवाई आगामी जुन महिनामा न्यूयोर्कमा हुने योजना छ । उनीहरू  हाल ब्रुकलिन जेलमा थुनामा छन्। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan