Saturday 10th of October | २०८३ असोज २४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २४ शनिबार | (रासस/एएफपी)

प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले शनिबार राष्ट्रपति र संसदीय निर्वाचन दुवै सँगै गर्ने गरी करिब एक बर्षका लागि स्थगित गरिएको जानकारी उहाँको कार्यालयले दिएको छ । 

अन्तर्राष्ट्रिय समुदायले बलियो रूपमा वकालत गरेको संसदीय निर्वाचन यस वर्षको नोभेम्बर २८ मा हुने तय भएको थियो भने राष्ट्रपतीय निर्वाचन सन् २०२७ को सुरुतिर हुने अपेक्षा गरिएको थियो ।

राष्ट्रपतीय आदेश जारी गर्दै उहाँले पहिले निर्धारित संसदीय निर्वाचन स्थगित गरेको र सन् २०२७ सेप्टेम्बर ११ मा दुवै निर्वाचन गर्ने बताएको प्यालेस्टिनी सञ्चारमाध्यमले राष्ट्रपतिको कार्यालयको स्रोतलाई उद्धृत गरी जनाएका छन् ।

“अब्बासले शनिबार एक राष्ट्रपतीय आदेश जारी गर्दै सन् २०२७ सेप्टेम्बर ११ मा राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने घोषणा गर्नुभएको छ,” उहाँको कार्यालयले वाफा न्यूज एजेन्सीमार्फत् सार्वजनिक विज्ञप्तिमा भनिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan