Saturday 10th of October | २०८३ असोज २४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भरूवा बन्दुक बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २४ शनिबार |

सुर्खेत, २४ असोज : सुर्खेत, चौकुने गाउँपालिका-७ सान्नेघारीको जंगलस्थित गगने खोला छेउबाट भरूवा बन्दुक ५ थान शुक्रबार साँझ प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।

यसैगरी सुर्खेत, बराहताल गाउँपालिका-१ ज्यामिरेको जंगलबाट भरूवा बन्दुक १ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी रानिघाटबाट खटिएको प्रहरीले उक्त बन्दक फेला पारी बरामद गरेको हो ।

यसैगरी सुर्खेत, चौकुने गाउँपालिका-१ धामीसैनस्थित जंगलबाट भरूवा बन्दुक १२ थान शुक्रबार बेलुकी प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बाबियाचौर समेतबाट खटिएको प्रहरीले उक्त बन्दकहरू फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan