Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गोरखामा बुढीगण्डकी नदीको बहाव बढ्यो, स्थानीय र पर्यटक सुरक्षित स्थानतर्फ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार |

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ मा उग्युलुङ खोला थुनिएर अचानक बाढी आएपछि बुढीगण्डकी नदीको बहाव अत्यधिक बढेको छ।

आइतबार बिहान करिब ४ बजेदेखि उग्युलुङ र स्यार खोलामा ठूलो आवाज सुनिएपछि स्थानीय बासिन्दा तथा पर्यटक सुरक्षित स्थानतर्फ भागेका छन्। चुमनुब्री गाउँपालिका–६ र ७ भएर बग्ने यी खोलामा ठूलो आवाजसहित पानी बगेको स्थानीयले बताएका छन्।

खोला थुनिएपछि अचानक आएको बाढीले बुढीगण्डकी नदीको जलस्तर बढाएको हो। घटनापछि नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले स्थानीयलाई सतर्क रहन आवश्यक देखिएको छ।

 बाढी पास नहुंदा सम्म त्रिशूली दोभान सम्म नदी छेउछाउ नजाऔं। उच्च स्थानमा वसौं।
बाढी पूर्वानुमान महाशाखाको अनुरोध छ ।

बाढीको अवस्था, सम्भावित क्षति र थप विवरणबारे भने विस्तृत जानकारी आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan