Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बूढीगण्डकी बाढीबाट भएको क्षतिप्रति गगन थापाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई अपिल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार |

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आज बिहान बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै पुलसमेत बगाएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

थापाले बाढीका कारण न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुल बगाएको खबरले आफू दुःखी भएको बताएका छन्।

उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न हार्दिक अनुरोध गरेका छन्।

विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न उनले नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिलसमेत गरेका छन्।

बुढीगण्डकीमा बाढी खतरा तहभन्दा माथि, त्रिशूली आसपास उच्च सतर्कता अपनाउन आग्रह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan