Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जापानको ओसाकामा पर्वका क्रममा रथ पल्टिँदा दुई जनाको मृत्यु, १६ घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार | (रासस/सिन्ह्वा)

टोकियो, २५ असोज : जापानको पश्चिमी ओसाका प्रिफेक्चरका दुई सहरमा परम्परागत पर्वका क्रममा रथ पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। 

इजुमिसानो सहरमा पर्वमा सहभागी ५१ वर्षीय एक पुरुष आफू सवार रहेको रथ पल्टिँदा त्यसको तल च्यापिएका थिए। उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उक्त दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।

त्यस्तै, इजुमिओत्सु सहरमा भएको अर्को दुर्घटनामा रथ पल्टिँदा त्यसको तल च्यापिएका ४८ वर्षीय एक पुरुषको मृत्यु भएको छ। प्रिफेक्चरल प्रहरीले उक्त घटनामा अन्य नौ जना घाइते भएको जनाएको छ।

प्रहरीका अनुसार, दुवै दुर्घटना पर्वको प्रमुख आकर्षण मानिने ‘यारिमावाशी’का क्रममा भएको आशंका गरिएको छ। यस परम्परामा सहभागीहरूले ‘दान्जिरी’ नामक परम्परागत रथलाई तीव्र गतिमा तानेर सडकका मोडहरूमा घुमाउँछन्। तीव्र गतिमा रथ मोड्ने क्रममा त्यसमा सवार व्यक्तिहरूले सन्तुलन गुमाउँदा दुर्घटना हुन सक्ने प्रहरीले जनाएको छ।

दुवै दुर्घटनाको कारण र परिस्थितिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan