Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बालबालिकाको चित्रकलामार्फत विश्वशान्तिको सन्देश

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार | (रासस)

ललितपुर, २६ असोजः  इटालीको परराष्ट्र मन्त्रालयको आयोजना तथा ‘कलर्स फर पिस नेपाल’ को सहकार्यमा पाटन सङ्ग्रहालयको भण्डारखाल बगैँचामा कला कार्यशाला तथा शान्ति दूत सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

योङ पिकासो संस्थाका निर्देशक एवं नेपालका लागि शान्ति दूत अजय देसारले बालबालिकाका सृजनामार्फत शान्तिको सन्देश प्रवाह गर्न विश्वका १५५ देशमा ती चित्र प्रदर्शन गर्ने योजना सुनाउनुभयो । 

त्यस अवसरमा नेपालस्थित इटालीकी अवैतनिक महावाणिज्यदूत प्रतिमा पाँडे, कलर्स फर पिसकी प्रतिनिधि एड्रिना ग्रिस्पा, पाटन सङ्ग्रहालयका प्रवक्ता सुरेशमान लाखेल,‘कलर्स फर पिस नेपाल’ का अध्यक्ष एन्टोनियो जियानेली, महासचिव मारियो गालो, ललितपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अजरमान जोशी र काठमाडौं भ्याली हेरिटेज प्लसका अध्यक्ष राजु रोक्काले नेपाल र इटालीबीच ६६ वर्षदेखिको मैत्रीपूर्ण सम्बन्धका विविध पक्षबारे चर्चा गर्नुभएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan