Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार |

पोखरा, २६ असोजः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनुपर्ने बताउनुभएको छ । 

पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाले आज यहाँ आयोजना गरेको शोकसभामा उहाँले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई समेट्नुपर्ने बताउनुभयो । 

सभापति थापाले कांग्रेस ठूला नेताहरूको मात्र नभई गाउँमा बस्ने र पार्टी निर्माणमा योगदान दिएका सबैको पार्टी भएको बताउनुभयो ।

सभामा दिवङ्गत नेता गुरुङले पार्टी र समाजमा पु¥याउनुभएको योगदानको स्मरण गरिएको थियो । कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुक सहभागी थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan