गरिमा विकास बैंकको बीसौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, २७ असोज । गरिमा विकास बैंक लिमिटेडको बीसौं वार्षिक साधारण सभा हिजो २६ गते कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ ।
उक्त साधारण सभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश -प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहितपेश भएका सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ ।
उक्त साधारण सभाबाट विकास बैंकको आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको विकास बैंकको २०८३ असार मसान्तको वासलात,आ.व. २०८२/८३ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्वीटिमा भएको परिवर्तन लगायत सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने तथा आ.व.२०८३/८४ को लेखापरीक्षण कार्यको लागि लेखा परीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित भएका छन् ।
हाल विकास बैंकको चुक्ता पूँजी रु.६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ र पैसा २२ रहेकोमा यस वार्षिक साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर वितरणपश्चात विकास बैंकको जारी तथा चुक्तापुँजी रु.६ अर्ब ६२ करोड ३४लाख ८३ हजार २ सय ३ र पैसा ९४ पुग्ने छ ।
क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ र क्ष्क्इ द्दठण्ण्ज्ञस्द्दण्द्दद्द मान्यता प्राप्त यस विकास बैंकले देशभर १२६ शाखा कार्यालयहरु, ५१ एटिएम एवं नविनतम डिजिटल बैकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

