Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सामाजिक सञ्जलामा वाक स्वतन्त्रताको नाममा बेथिति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार | (रासस)

चितवन, २७ असोज  :  पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको जनाउँदै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
 
राष्ट्रिय मानवअधिकार आयोगद्वारा नेपाल पत्रकार महासङ्घ चितवनसँगको सहकार्यमा आज यहाँ आयोजित अभिव्यक्ति स्वतन्त्रताको अवस्थाको विषयक छलफलमा सहभागीहरुले सामाजिक सञ्जालमार्फत वाक स्वतन्त्रताको नाममा मनोमानि वढेको बताएका हुन् । 

नेपालमा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे आयोगले देशव्यापि रुपमा गरिरहेको अध्ययनमा आयोजित कार्यक्रममा पत्रकार, कानुन व्यवसायी, मानवअधिकारकर्मीलगायतले अभिव्यक्ति स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा अमर्यादित गतिविधि बढेको बताउनुभयो ।

 उहाँहरुले आफ्ना अभिव्यक्ति गर्दा अर्काको मानमर्दन हुन्छ भन्ने विषयमा ख्याल नगरिएको पक्षलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले अभिव्यक्ति स्वतन्त्रताको रक्षाका सबैको चासोको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी निकाय र महासङ्घ मिलेर अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्नुपर्छ ।” 

महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुली र नेपाल बार एसोसियसन चितवनका अध्यक्ष फुलमायाँ रानाभाटले संविधान प्रद्धत्त अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गरिनु नहुने बताउनुभयो । थारु पत्रकार सङ्घका केन्दीय अध्यक्ष सन्तकुमार चौधरीले भने कुनै राजनीतिक नेताका विषयमा जायज टिप्पणी गर्दासमेत आफूहरु विरुद्ध खनिने गरेको धारणा व्यक्त गर्नुभयो । 

पत्रकार प्रतिमा सिलवाल र सरिता पौडेलले कतिपय गोपनीयता र संवेदनशील विषयलाई ख्याल नै नगरी सामाजिक सञ्जालमा जे पनि लेख्ने र वोल्ने गरेको पाइएकाले त्यसलाई सच्याउन आवश्यक रहेको बताउनुभयो । 

राष्ट्रिय मानवअधिकार आयोगले अभिव्यक्ति स्वतन्त्रताको अवस्थाको बारेमा अध्ययन गर्न विषय विज्ञका रुपमा नियुक्त  प्रा डा घमराज लुइँटेलले अभिव्यक्ति स्वतन्त्रताबारे उठेको  प्रश्नबारे देशव्यापी रुपमा अध्ययन गर्न लागिएको बताउनुभयो ।

त्यस अवसरमा बहिरा सङ्घ चितवनकी सदस्य दीपा अधिकारी र मानवअधिकार सञ्जाल चितवनका संयोजक दीपक लामिछानेले अभिव्यक्ति स्वतन्त्रतालाई सहीरुपमा प्रयोग र अभ्यास गर्न आवश्यक रहेको बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan