भन्सार छलेर ल्याइएका सामान बरामद
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार |
कपिलवस्तु, २७ असोजः सशस्त्र प्रहरीले कपिलवस्तुका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका रु १० लाख ७४ हजार बराबरका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बलको टोलीले खटिएको टोलीले लत्ताकपडा, किराना सामान, मोबाइल तथा मोटर पार्टस् बरामद गरेको हो । ती सामान ढुवानीमा प्रयोग गरिएको एक थान मोटरसाइकल पनि बरामद भएको छ । बरामद सामान तथा मोटरसाइकल कारबाहीका लागि कपिलवस्तु भन्सार कार्यालयमा बुझाइएको छ ।

