Wednesday 28th of October | २०८३ कार्तिक ११ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ बुधबार |

ताप्लेजुङ, ११ कात्तिकः चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर मेसिन प्राप्त भएको छ । गाउँपालिकाको पूर्वाधार विकास तथा निर्माणकार्यलाई तीव्रता दिने उद्देश्यले माग गरिएको उक्त मेसिन सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा आयोजित एक कार्यक्रमबीच गाउँपालिकाले बुझेको छ ।

    तातोपानी नाकामा बुधवार आयोजित हस्तान्तरण कार्यक्रममा मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष दुर्गाहाङ सिरेङ चोङ्बाङले चीन सरकारका प्रतिनिधिमण्डलसँग सम्झौतापत्रमा हस्ताक्षर गरी अनुदानमा प्राप्त स्काभेटर मेसिन बुझ्नुभएको गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर)ले जानकारी दिनुभयो ।
    
    गाउँपालिकाले स्थानीयस्तरमा सडक निर्माण, सडक स्तरोन्नति तथा अन्य भौतिक पूर्वाधार विकासका कामलाई प्रभावकारी बनाउन चीन सरकारसमक्ष ब्रेकरसहित स्काभेटर मेसिन उपलब्ध गराइदिन अनुरोध गरेको थियो । प्राप्त अनुदानले गाउँपालिकाको विकास निर्माणलाई थप गति दिन महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष हाङ्गामले बताउनुभयो । 

    भौगोलिक रूपमा विकट क्षेत्र समेटिएको मेरिङदेन गाउँपालिकामा आवश्यक निर्माण उपकरण उपलब्ध हुँदा सडक निर्माण तथा मर्मतसम्भारका कामलाई सहज बनाउन टेवा पुग्ने गाउँपालिकाले जनाएको छ । 

    करिब एक करोड ७० लाख रुपैयाँ बराबरको मेसिन सहयोगका लागि गाउँपालिकाले चीन सरकारप्रति आभार तथा धन्यवाद व्यक्त गरेको छ । साथै यसका लागि आवश्यक समन्वय तथा सहजीकरणमा विशेष भूमिका निर्वाह गरेकोप्रति फक्ताङ्लुङ गाउँपालिका–७ का वडा अध्यक्ष छेतेन शेर्पाप्रति पनि गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan