Wednesday 28th of October | २०८३ कार्तिक १२ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राससका नवनियुक्त अध्यक्ष कोइरालाद्वारा कार्यभार ग्रहण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बुधबार |

काठमाडौँ, ११ कात्तिकः राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिको अध्यक्षमा नियुक्त सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव विष्णुप्रसाद कोइरालाले आज केन्द्रीय कार्यालयमा कार्यभार सम्हाल्नुभएको छ ।

    उहाँलाई महाप्रबन्धक सन्दीप राई र विभागीय प्रमुखहरूले स्वागत गर्नुभयो । पद बहालीपछि अध्यक्ष कोइरालाले राससको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको काम तदारुकाताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

    “राससको अध्यक्षको जिम्मेवारी सम्हालेको छु । सूचना नै शक्ति भएकाले राष्ट्रिय समाचार समिति ऐन, २०१९ लाई समयानुकूल परिमार्जनको प्रक्रिया प्रारम्भ गरिनेछ,” उहाँले भन्नुभयो, “हामी चाँडै सञ्चालक समितिको बैठकबाट पदपूर्तिको प्रक्रियालाई अगाडि बढाउनेछौँ ।”

    यसैगरी महाप्रबन्धक राईले लामो समयदेखि सरकारका विभिन्न तहमा रहेर प्रशासनिक क्षेत्रमा अनुभवप्राप्त अध्यक्षको आगमनबाट राससको यात्रा र श्रीवृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ६५ वर्षको गौरवपूर्ण संस्था राससले मुलुकभर सूचना प्रवाह गर्न अग्रणी भूमिका गरेको बताउँदै संस्थाको समग्र कामकाजसहित सुधारका विषयमा आगामी दिनमा छलफल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    अध्यक्ष कोइरालाले समाचार सङ्कलन, नेपाली, अङ्ग्रेजी, अन्तरराष्ट्रिय समाचार सम्पादन तथा तस्बिर शाखाको निरीक्षण गर्नुभयो । 

    यसअघि सञ्चालक समितिको अध्यक्ष रहनुभएका सोही मन्त्रालयका सहसचिव डा उदयबहादुर रानामगरको रक्षा मन्त्रालयमा सरुवा भएपछि सहसचिव कोइराला राससको अध्यक्षमा नियुक्त हुनुभएको हो । 

    भोजपुरको षडानन्द नगरपालिका–४ मा जन्मनु भएका अध्यक्ष कोइराला दुई दशकदेखि निजामति सेवामा हुुनुहुन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan