Friday 20th of November | २०८३ मङ्सिर ४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ४ शुक्रबार |

सङ्खुवासभा, ४ मङ्सिर : आजको एकादशी मेलामा सेनाले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामनास्थित खाँदबारी नगरपालिका–९ सङ्खुवासभामा उक्त शिविर सञ्चालन भएको हो । शिविरमा ५०० व्यक्तिले नि:शुल्क स्वास्थ्य परीक्षण गराउनुभएको थियो ।

शिविर    नेपाली सेनाको इन्द्र दल गुल्मको आयोजना तथा नं २ बाहिनी अड्डाअन्तर्गतको नं २  फिल्ड एम्बुलेन्स हिलेको सहकार्यमा मङ्सिर ३ र ४ गते भएको हो ।

नेपाली सेना र नागरिकबीच पारस्परिक सम्बन्ध बढाउने उद्देश्यले शिविर सञ्चालन गरिएको सेनानी सञ्जय सिलवालले जानकारी दिनुभयो । शिविरमा जनरल ओपिडी, स्वास्थ्य परीक्षण र नि:शुल्क औषधि वितरण गरिएको थियो ।

शिविरलाई प्रभावकारी बनाउन खाँदबारी नगरपालिका, जिल्ला अस्पताल खाँदबारी, नेपाल रेडक्रस सोसाइटी स्थानीय सरोकारवाला निकायसँग समन्वय सहकार्य गरेको थियो । 
    
स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिक, महिला र बालबालिकाले सेवा लिएको नेपालीसेनाले जनाएको छ । पूर्वको चर्चित प्रसिद्ध धार्मिकस्थल मनकामना धाममा हरेका वर्ष हरिबोधनी एकादशीको अघिल्लो दिन मेलालाग्ने गरेको छ ।

सेनाको स्वास्थ्योपचार सेवा पाएपछि स्थानीयले खुसीव्यक्त गरेका छन् । मनकामना परिसरमा स्वास्थ्य शिविर आयोजनाले ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई सहज भएको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताउनुभयो ।

हरिबोधनी एकादशीका दिन मनकामनाको दर्शन गर्न भारतका विभिन्न स्थान र झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमलगायतका जिल्लाबाट मेलाभर्न आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan