Friday 20th of November | २०८३ मङ्सिर ४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ४ शुक्रबार |
newsabhiyan

काठमाडौँ, ४ मङ्सिर: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  सात दशमलव ३८ अङ्कले घटेर दुई हजार ६२१ दशमलव २९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०७ अङ्कले बढेर ४७७ दशमलव ०१ मा पुगेको छ भने फ्लोट सूचक शून्य दशमलव ३१ अङ्कले घटेर १८२ दशमलव ३७ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ०७ अङ्कले बढेर १६२ अङ्कमा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड छ लाख दुई हजार ४६८ कित्ता शेयर रु तीन अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० मूल्यमा खरिद बिक्री भएको छ ।

तेह्र उपसमूहमध्ये दुई उपसमूह बढ्यो भने ११ उपसमूह घट्यो । आज ८९ कम्पनीको शेयर बढ्यो भने १८१ कम्पनीको शेयर घट्यो । त्यसैगरी नौ कम्पनीको शेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज डोल्टी पावर, भूगाल इनर्जी कम्पनी, मनकामना इन्जिनियरिङलगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी मुक्तिनाथ म्युचुअल फण्ड, पाल्पा इन्डष्ट्रिज, स्वस्तिक लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan