Saturday 21st of November | २०८३ मङ्सिर ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इरानसँगको युद्धमा अमेरिकाको खर्च ४८.३ अर्ब डलर पुग्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ४ शुक्रबार | (रासस/सिन्ह्वा)

इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड अमेरिकी डलर खर्च गरेको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का एक अधिकारीले बिहीबार अमेरिकी संसद्का सदस्यहरूलाई उक्त जानकारी दिएका हुन्।

नोभेम्बर १३ सम्मको खर्च विवरण प्रस्तुत गर्दै पेन्टागनका बजेट अधिकारी आर्थर मिलरले युद्धमा भएको खर्चमा मध्यपूर्वका विभिन्न क्षेत्रमा इरानी आक्रमणबाट क्षति पुगेका अमेरिकी सैन्य संरचनाको मर्मत खर्च भने समावेश नगरिएको बताए।

अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको सुनुवाइका क्रममा उनले उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन्।

यो खर्च अगस्ट १ सम्मका लागि अमेरिकी कंग्रेसको बजेट कार्यालयले अनुमान गरेको ३८ अर्ब डलरभन्दा करिब २७ प्रतिशत बढी हो।

मिलरका अनुसार उक्त रकम हतियार तथा गोलाबारुद, सैन्य उपकरण प्रतिस्थापन र सैन्य कारबाहीमा खर्च भएको हो। तर, क्षतिग्रस्त सैन्य संरचनाको मर्मतसम्भारमा लाग्ने थप खर्चबारे आफूलाई यकिन जानकारी नभएको उहाँले बताउनुभयो।

सिनेटको सशस्त्र सेवा समितिका अध्यक्ष तथा रिपब्लिकन सांसद रोजर विकरले मर्मतसम्भार खर्चको विवरण यथाशीघ्र उपलब्ध गराउन आग्रह गर्नुभएको छ।

यसअघि वाल स्ट्रिट जर्नलले पेन्टागनका स्रोतलाई उद्धृत गर्दै मध्यपूर्वमा अमेरिकी सैन्य संरचनामा भएको क्षति मर्मत गर्न पाँचदेखि १५ अर्ब डलरसम्म खर्च लाग्न सक्ने जनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan