Saturday 21st of November | २०८३ मङ्सिर ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार | (रासस)

सप्तरी, ५ मङ्सिरः नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)को ३७औँ स्थापना दिवसका अवसरमा सप्तरीमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित हुनुभएको छ ।

    डिएलए सप्तरीले आज राजविराजमा आयोजना गरेको कार्यक्रममा पाँच दशकभन्दा बढी समयदेखि कानुन व्यवसायमा संलग्न रही न्याय क्षेत्रमा योगदान पुर्‍याउनुभएका वरिष्ठ अधिवक्ताद्वय हिम्मत सिंह र अमरबहादुर पाण्डे तथा दुई दशकदेखि कानुन व्यवसायमा सक्रिय राजविराज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष हरेराम यादवलाई सम्मान गरेको हो ।

    वरिष्ठ अधिवक्ताद्वय सिंह र पाण्डेलाई डिएलए सप्तरीका अध्यक्ष सुरेन्द्र यादव र राजविराज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष यादवले संयुक्त रूपमा दोसल्ला ओढाएर सम्मान गर्नुभयो । त्यसैगरी, बार एसोसिएसनका अध्यक्ष यादवलाई वरिष्ठ अधिवक्ता सिंहले सम्मान गर्नुभयो ।

    वरिष्ठ अधिवक्ता सिंहले सर्वसाधारणलाई निष्पक्ष न्यायको प्रत्याभूति दिलाउन तथा लोकतन्त्रको सुदृढीकरणमा डिएलएले स्थापनाकालदेखि नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

    कार्यक्रम डिएलए सप्तरीका अध्यक्ष सुरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ अधिवक्ता अमरबहादुर पाण्डे, कृष्णानन्द देव, बोधकृष्ण भगत, नारायण झा, रामजी साह, डा. देवनारायण यादव, इन्द्रदेव सिंहलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    यसअघि डिएलए सप्तरीले स्थापना दिवसका अवसरमा राजविराजका विभिन्न भागको परिक्रमा गर्दै प्रभातफेरी आयोजना गरेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan