Saturday 21st of November | २०८३ मङ्सिर ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ब्रेक्जिटपछि बेलायत–इयु सम्बन्ध सुधारमा सहमति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार | (रासस/एएनआई)

ब्रेक्जिटपछि एक दशकदेखि कमजोर बनेको सम्बन्ध सुधार्न बेलायत र युरोपेली सङ्घ (इयु) व्यापार, युवा आदानप्रदान, आप्रवासन र सुरक्षासम्बन्धी सहकार्य विस्तार गर्न सहमत भएका छन् ।

    शुक्रबार ब्रसेल्समा भएको दोस्रो इयु–बेलायत शिखर सम्मेलनमा प्रधानमन्त्री एन्डी बर्नह्याम, युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले नयाँ सम्झौतामा सहमति जनाउनुभएको हो । बर्नह्यामका अनुसार सम्झौताले बेलायतको कुल गार्हस्थ्य उत्पादनमा शून्य दशमलव पाँच प्रतिशतसम्म योगदान पु¥याउनुका साथै करिब १७ अर्ब पाउन्डको आर्थिक लाभ दिने अनुमान छ ।

    सम्झौताअनुसार बेलायतले आगामी वर्षदेखि इरास्मस प्लस कार्यक्रममा पुनः सहभागिता जनाउनेछ । दुवै पक्षका एक–एक लाख युवालाई तीन वर्षसम्म काम, अध्ययन, स्वयंसेवा र भ्रमणको अवसर दिने युवा अनुभव योजना पनि अघि बढाइएको छ । यसबाट ३१ वर्षमुनिका युवाका अवसर विस्तार हुने नेताहरूको भनाइ छ ।

    खाद्य तथा कृषि व्यापार सहज बनाउने, पशु तथा वनस्पतिजन्य उत्पादनको सीमा जाँच घटाउने र ऊर्जा तथा विद्युत् बजारमा सहकार्य बढाउने विषयमा पनि सहमति भएको छ । अनियमित आप्रवासन नियन्त्रणका लागि सूचना आदानप्रदान र संयुक्त कारबाही विस्तार गर्ने तथा रक्षा र सुरक्षा क्षेत्रमा समन्वय बढाउने निर्णयसमेत गरिएको छ ।

    युरोपेली परिषद्का अध्यक्ष कोस्टाले रुसको आक्रमणविरुद्ध युक्रेनलाई न्यायपूर्ण र दिगो शान्ति कायम नभएसम्म सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो । दुवै पक्षले गाजामा दुई राज्य समाधान र मानवीय सहायता प्रवाहको समर्थन गर्दै क्षेत्रीय समुद्री मार्गमा इरान र हुथी समूहका आक्रमणको निन्दा गरेका छन् ।

    बर्नह्यामले ब्रेक्जिटपछिको ‘दूरी र विभाजनको दशक’ अन्त्य गर्दै सम्बन्धका टुटेका पुल पुनः निर्माण गर्ने समय आएको बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan