Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार |
newsabhiyan

काठमाडौं, ७ मंसिर : काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ३ सय ९४ ग्राम १ सय मिलिग्राम, नगद २ लाख ५४ हजार रूपैयाँ र डिजिटल तराजु २ थान सहित ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-१ घर भएका ४२ वर्षीय रन्जन थापा, चन्द्रागिरी नगरपालिका-११ घर भएका ३५ वर्षीय पदम बहादुर तिमिल्सिना, सिन्धुली कमलामाई नगरपालिका-२ घर भएका ३४ वर्षीय देवराज बम्जन, २२ वर्षीय निशान बम्जन, ३२ वर्षीय बिशाल मोक्तान, धनुषा क्षिरेश्वरनाथ नगरपालिका-८ घर भएका ५५ वर्षीय लक्ष्मण पंडित दास तत्मा, तनहुँ भानु नगरपालिका-८ घर भएका २८ वर्षीय शैलेन्द्र बजगाई, गोरखा शहिदलखन गाउँपालिका-५ घर भएका २५ वर्षीय सिजन रेग्मी र सिराहा नवराजपुर गाउँपालिका-५ घर भएका २९ वर्षीय बिवेक कुमार साह रहेका छन् । उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरू र सिन्धुलीबाट प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९८ ग्राम सहित मोरङ सुन्दरहरैंचा नगरपालिका-१२ बस्ने २१ वर्षीय राम बहादुर गिरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ४४०३ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

मोरङ, जहदा गाउँपालिका-४ सिसौबारी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय २० मिलिग्राम सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ जयरामपुर टोल बस्ने २४ वर्षीय मंजित कुमार यादव, कटहरी गाउँपालिका-३ कामत टोल बस्ने २६ वर्षीय शिवम सिंह, २७ वर्षीय भरत कामत र ३० वर्षीय दुर्गेश कामत रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरीया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा १२ किलो ६ सय ग्राम सहित पर्सा पोखरीया नगरपालिका-६ गमरिया टोल बस्ने १९ वर्षीय दिलिप कुमार रामलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले पोखराबाट वीरगंजतर्फ जाँदै गरेको ग.प्र.०१-००१ ख ०३८९ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-२ बस्ने २६ वर्षीय प्रज्वल राजधामीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ९० मिलिग्राम सहित झापा दमक नगरपालिका-८ बस्ने ३३ वर्षीय मनोज साह समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलविनायकबाट अवैध लागूऔषध पोलेन ४४ ग्राम ७० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ६५ ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-९ कमलविनायक बस्ने ३१ वर्षीय रूकेश बोथे र भक्तपुर च्यामासिंह बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका-२ घर भएका २३ वर्षीय सुजन तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan