Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार | (रासस-एपी)

इस्लामाबाद, १३ मङ्सिर : यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।

पाकिस्तानी सेनाले आइतबार विज्ञप्ति जारी गर्दै विद्यमान रक्षा सहकार्य सम्झौताअनुसार साउदी अरबको भूमिभित्र रहेर सैनिकले जिम्मेवारी निर्वाह गर्ने जनाएको छ । तर, सैनिकको सङ्ख्या, तैनाथीको अवधि र कार्यक्षेत्रबारे खुलाइएको छैन ।

साउदी अरब र पाकिस्तानले टर्कीसँगै गत अगस्ट ७ मा मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार कुनै एक सदस्य राष्ट्रमाथि आक्रमण भए तीनवटै राष्ट्रमाथि आक्रमण भएको मानिनेछ । तीन देशले उक्त सम्झौता कुनै विशेष मुलुकविरुद्ध लक्षित नरहेको स्पष्ट पार्दै आएका छन् ।

इस्लामाबादमा दुई दिनअघि भएको तीन देशका रक्षा तथा सैन्य अधिकारीहरूको बैठकले पनि साउदी अरबप्रतिको सामूहिक रक्षा प्रतिबद्धता दोहो¥याएको थियो । यसअघि रियादमा भएको बैठकमा सैन्य बल र उपकरण शीघ्र परिचालन गर्ने व्यवस्थासहित सम्झौता कार्यान्वयन गर्ने सहमति भएको थियो ।

पाकिस्तानी सेनाले मक्का र मदिनास्थित इस्लामका दुई पवित्र मस्जिदको सुरक्षाप्रतिको प्रतिबद्धता पनि दोहो¥याएको छ । पछिल्लो तैनाथीले क्षेत्रीय सुरक्षा चुनौतीबीच साउदी अरबको रक्षात्मक क्षमता थप बलियो बनाउने उसको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan