Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार | (रासस)
newsabhiyan

ललितपुर, १३ मङ्सिरः नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै देशभरका ७५३ वटै पालिकामा पार्टी सङ्गठन विस्तार, नेतृत्व विकास र सम्भावित उम्मेदवार पहिचान गर्ने उद्देश्यले ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले अभियानका लागि खटिने प्रतिनिधिलाई अभिमुखीकरण गर्नुभयो। उहाँले अभियानका क्रममा पालिकास्तरीय पार्टी सदस्यको भेला गरी १५औँ महाधिवेशनबाट पारित नीति, कार्यक्रम, राजनीतिक प्रतिबद्धता, प्रतिपक्षको भूमिका र स्थानीय सरकारप्रतिको दृष्टिकोणबारे जानकारी गराउन निर्देशन दिनुभयो।

कांग्रेसले स्थानीय तहका सम्भावित उम्मेदवारलाई लक्षित गरी ‘लिडरसिप एकेडेमी’मार्फत नेतृत्व विकाससम्बन्धी ४० देखि ४५ दिनको पाठ्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।

मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष तथा वडाध्यक्षका आकाङ्क्षीलाई स्थानीय सरकारका अधिकार, शिक्षा, स्वास्थ्य, सार्वजनिक वित्त र सुशासनलगायत विषयमा प्रशिक्षण दिइने सभापति थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan